२०८३ कात्तिक १२ , बुधबार
Sadarline
२०८३ कात्तिक १२ , बुधबार

नेपालगञ्जमा मास्क बैंक स्थापना



नेपालगञ्ज : कोभिड प्रतिकार्यमा खटिएका ब्यक्ति तथा नागरिकहरुका लागि बासले नेपालगञ्जमा मास्क बैंक सञ्चालनमा ल्याएको छ ।

कोभिड प्रतिकार्यमा खटिरहेका महानुभाब र गाउँ–बस्तीमा रहेका नागरिकहरुलाई निःशुल्क मास्क उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको मास्क बैंकको सोमबार नेपालगञ्जका मेयर डा.धवल शम्शेर राणा र उपमेयर उमा थापा मगरले उदघाटन गरे ।

नेपालगञ्ज वडा नम्बर १० भृकुटिनगरमा सञ्चालन भएको मास्क बैंकको उद्घाटनमा बोल्दै मेयर डा. राणाले कोरोना सक्रमणबाट बचाउने सबैभन्दा भरपर्दौ मास्क हुने भन्दै बैंकले मास्कको अभाव पुरा गर्ने विश्वास ब्यक्त गरे ।

बासका कार्यकारी निर्देशक नमस्कार शाहले मास्क बैंकको उद्देश्यबारे प्रष्ट पारे । उनले मास्क बैंक स्थापना गर्ने बिषयमा सार्वजनिक गरे पश्चात विभिन्न स्थानबाट सहयोग प्राप्त भईरहेको बताए ।

प्रकाशित मिति : २०७८ जेठ ३ गते सोमबार
ताजा समाचार