२०८३ कात्तिक १२ , बुधबार
Sadarline
२०८३ कात्तिक १२ , बुधबार

कोरोनाबाट बाँकेमा ८ जनाको ज्यान गयो



नेपालगञ्ज : कोरोना संक्रमणका कारण बाँकेमा थप ८ जनाको मृत्यु भएको छ । मृत्युु हुनेमा बाँकेका ४ जना, बर्दियाका ३ जना र सल्यानका १ जना छन् ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका अनुसार भेरी अस्पतालमा उपचाररत कोहलपुर ४ का ४२ वर्षीय पुरुष, ठाकुरबाबा नगरपालिका १ बर्दियाका ४६ वर्षीय पुरुष, ठाकुरबाबा १ बर्दियाकी ३४ वर्षीया महिला, नेपालगन्ज १९ का ३९ वर्षीय पुरुष र बनगाड कुपिण्डे ४ सल्यानकी ६० वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको छ ।

त्यस्तै नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत बैजनाथ २ बाँकेकी ३७ वर्षीया महिला, कोहलपुर ९ बाँकेका ६१ वर्षीय पुरुष र गुलरिया १० बर्दियाका ६० वर्षीय पुरुषको मृत्यु भएको छ ।

योसंगै कोरोनाबाट बाँकेका २२९ जनाको मृत्यु भएको छ भने बाहिरी जिल्लाका १७५ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २०७८ जेठ १ गते शनिबार
ताजा समाचार