२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

कञ्चनपुरमा अस्थायी होल्डिङ सेन्टर निर्माण



कञ्चनपुर : पश्चिमी सीमा नाका गड्डाचौकीमा अस्थायी होल्डीङ सेन्टर निर्माण थालिएको छ । भीमदत्त नगरपालिका, निड्स नेपाल र नेपाली सेनाको साझेदारीमा निर्माण गरिएको हो ।

भारतबाट फर्कने सर्वसाधरणहरुलाई कोरोना परीक्षण अवधिसम्म राख्न होल्डिङ सेन्टर निर्माण गरिएको हो । सेन्टर निर्माणका लागि सामग्री व्यवस्थापनको कार्य अन्तिम चरणमा पुगेको निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मीले बताए । एक हजार जना अटाउने क्षमताको होल्डिङ सेन्टरमा महिला र पुरुषका लागि छुट्टाछुट्टै ठाउँ रहने उनले बताए ।

नेपाली सेनाले निर्माणको कार्यसँगै सञ्चालनको जिम्मेवारी लिएको छ ।

प्रकाशित मिति : २०७८ वैशाख २७ गते सोमबार
ताजा समाचार