२०८३ कात्तिक १२ , बुधबार
Sadarline
२०८३ कात्तिक १२ , बुधबार

कालाबजारीबिरुद्ध बाँके अखिल र युवासंघको खबरदारी




नेपालगञ्ज :  कोभिड–१९को दोस्रो भेरियन्ट माहामारिको कारण निषेधाज्ञाको मौकाछोपेर औषधि र अत्यावश्यक बस्तुहरुको मूल्यवृद्धि भ्रष्टाचार, कालोबजारी र बिकृती बिसंगतिहरु बढ्दै गएको भन्दै एमाले निकट अनेरास्वावियु र युवासघले संबन्धित निकायको ध्यानकर्षण गराएको छ ।

अनेरास्ववियु बाँके र राष्ट्रिय युवा संघ नेपाल बाँकेको संयुक्त रुपमा जिल्ला प्रशासन कार्यालय बाँकेमा हाल बजारमा भैरहेको अत्यावश्यक बस्तुहरुको कालोबजारी र बिकृती, बिसंगतीहरुका नियन्त्रणका लागि ध्यानाकर्षण पत्र बुझाईएको हो । निषेधाज्ञाको बहाना बनाउनै कालोबजारी गर्नेहरु मौलाउन थालेपछि आफुहरु चेतावनी दिनको लागि यो कदम उठाएको युवा संघका अध्यक्ष तिलकबिर सुनारले बताए ।

राष्ट्रिय युवा संघ बाँकेका अध्यक्ष तिलक विर सुनार, अनेरास्ववियु बाँकेका अध्यक्ष दिनेश केसी, अनेरास्ववियु बाँकेका सचिब प्रकाश बिक महेन्द्र बहुमुखी क्याम्पसका अध्यक्ष माधव खत्रीको उपस्थितमा ध्यानाकर्षण पत्र सहायक प्रमुख जिल्ला अधिकारीलाई बुझाएको थियो ।

प्रकाशित मिति : २०७८ वैशाख २२ गते बुधबार
ताजा समाचार