२०८३ कात्तिक १२ , बुधबार
Sadarline
२०८३ कात्तिक १२ , बुधबार

अवधी पत्रकार संघलाई आर्थिक सहयोग र स्वास्थ्य सामाग्री हस्तान्तरण



नेपालगञ्ज : कोरोना कहरको बेलामा मनकारी व्यक्तिहरुबाट अवधी पत्रकार संघलाई आर्थिक सहयोग र स्वास्थ्य सामाग्री उपलब्ध गराईएको छ ।

नेपालगञ्जको त्रिभुवन चोकस्थित क्वालिटी केक एण्ड बेकरीका प्रोप्राइटर सुरेश बर्माले शुक्रबार संघका केन्द्रीय अध्यक्ष राकेश कुमार मिश्र जिल्ला अध्यक्ष चन्द्रेश्वरराज त्रिपाठीलाई नगद रु २१ हजार सहयोग हस्तान्तरण गरेका छन् ।

केन्द्रीय महासचिव गुरुमुरत यादव, केन्द्रीय सदस्य भरतकिशोर बैश्य र जिल्ला उपाध्यक्ष नन्दलाल शाहुको उपस्थिती रहेको थियो । प्राप्त भएको रकमलाई अहिलेको कोभिड संक्रमणको महामारीका बेला मानविय सेवामा खर्च गरिने बताईएको छ ।

यसैगरि नेपालगञ्ज उपमहानगरपालिका वार्डनंं. १८ का अध्यक्ष दिपक बर्माले संघलाई स्वास्थ्य सामाग्री उपलब्ध गराएका छन् । बर्माले संघका केन्द्रीय अध्यक्ष राकेशकुमार मिश्रलाई ३० सेट सर्जिकल मास्क र हैण्ड सेनीटाइजर हस्तान्तरण गरेका हुन ।

बर्माले उपलब्ध गराएको स्वास्थ्य सामाग्री बाँके जिल्लामा सक्रिय रुपमा कार्यरत अवधी भाषी पत्रकारहरुलाई संक्रमणको जोखिमबाट बच्नका लागि प्रदान गरिनेछ । अहिलेको  विषम  परिस्थितीमा पत्रकारले  आफ्नो  जीउ  ज्यानकोे  समेत  सुरक्षा नगरी रिपोटिङ्गमा खटिने पत्रकारहरुको सुरक्षाका लागि स्वास्थ्य सामाग्री सहयोग गरेको सहयोगी निकायले बताएका छन ।

प्रकाशित मिति : २०७८ जेठ ७ गते शुक्रबार
ताजा समाचार