२०८३ कात्तिक १२ , बुधबार
Sadarline
२०८३ कात्तिक १२ , बुधबार

कोरोनाबाट बाँकेमा थप ४ जनाको मृत्यु



नेपालगञ्ज : बाँकेमा थप ४ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेमा बाँकेका ३ र बर्दियाका एक जना रहेका छन् ।

नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत बर्दिया राजापुर २ का २७ बर्षीय पुरुषको शनिबार साँझ साढे ५ मृत्यु भएको कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिएका छन् ।

त्यस्तै सोही दिन साँझ ६ बजेर १५ मिनेटमा खजुरा ३ बाँकेका ५५ बर्षीय पुरुषको जनक शिक्षा सामाग्री आइसोलेसन केन्द्रमा मृत्यु भएको ओलीले बताए ।

यसैगरी नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा बैजनाथ २ बाँकेका ४० बर्षीय पुरुषको उपचारका क्रममा शुक्रवार साँझ ६ बजे मृत्यु भएको हो ।

यता नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत कोहलपुर ११ की ४० बर्षीया महिलाको शनिवार राती ८ बजे मृत्यु भएको छ ।

योसँगै हालसम्म बाँके जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२३ र बाहिरी जिल्लाको ११९ पुगेको छ ।

प्रकाशित मिति : २०७८ वैशाख १९ गते आइतबार
ताजा समाचार