२०८३ कात्तिक १२ , बुधबार
Sadarline
२०८३ कात्तिक १२ , बुधबार

कुर्मी (वर्मा) सहयोगी हात बाँकेद्वारा रक्तदान




नेपालगञ्ज : कोभिड–१९ को महामारी तथा बिषम परिस्थितमा अस्पतालमा उपचारको लागि रगतको अभाव हुन नदिन कुर्मी (वर्मा) सहयोगी हात, बाँके नेपालगञ्जले स्वास्थ्यका मापदण्ड अपनाउदै सामाजिक दूरी कायम गरेर शनिवार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

नेपालगञ्जं.–६ मा रहेको फत्तेवाल आँखा अस्पताल नेपालगञ्जको प्राङ्गणमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ३ जना महिला र पुरुष गरी ४५ जनाले रक्तदान गरेका छन । नेपालगञ्ज मेयर तथा रक्तदान कार्यक्रमका प्रमुख अतिथि डा. धवल शम्शेर राणा, र कुर्मी (वर्मा) सहयोगी हात, बाँकेका संयोजक डा. कौशलकुमार वर्माले रक्तदान संकलन गर्ने पाकेट प्राविधिकलाई हस्तान्तरण गरी कार्यक्रमको विधिवत रुपमा रक्तदान कार्यक्रमको उद्घाटन गरेका थिए ।

रक्तदान कार्यक्रमका संयोजक बिराट बिक्रम वर्माका अनुसार रक्तदान गर्नेहरुमा जानकी गाउँपालिका वार्ड नं.–५ का वडाध्यक्ष रमेश कुमार वर्मा, असलम अली राई, सिद्धार्थ भारती( अजय), दिलिप वर्मा, रवि वर्मा, हस्त बहादुर सुनार, बीरेन्द्र वर्मा, बिमल कुमार वर्मा, निरज कुमार कुर्मी, रोशी श्रेष्ठ, धमेन्द्र कुमार वर्मा, विजय कुमार वर्मा, गोबिन्द राँढ, राजितराम अहिर, रंजिता धिताल, भूपेन्द्र ओली, सुरेन्द्र साहू, सुनिल वर्मा, दिपक वर्मा, राधेश्याम वर्मा, राबिन्द्र कुमार वर्मा लगायत ४५ जनाले रहेका छन ।

रक्तदान कार्यक्रममा रक्तदाताहरुलाई कुर्मी (वर्मा) सहयोगी हात, बाँके नेपालगञ्जले व्यवस्था गरेको सामाग्री प्रमुख अतिथि डा. धवल शम्शेर राणा, कुर्मी (वर्मा) सहयोगी हात, बाँकेका संयोजक डा. कौशल कुमार वर्मा, रक्तदान कार्यक्रमका संयोजक बिराट बिक्रम वर्मा लगायतले सो सामाग्री अतिथि र रक्तदाताहरुलाई सम्मानमा गम्छा, प्रमाण–पत्र, चश्मा रक्तदाताहरुलाई वितरण गरेका थिए ।

नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा संचालित क्षेत्रीय रक्त संचार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, सोम प्रकाश सापकोटा, सुनिल पुलामी थापामगर, गुन्जा कनौजिया, प्रहलाद विश्वकर्मा, लगायतले प्राविधिकमा सहयोग गरेको रक्तदान कार्यक्रममा नेपालगञ्ज उपमहानगर वडा नं.–६ का वडाध्यक्ष समीर प्रताप सिंह, वडा नंं–४ का वडाध्यक्ष सफीक बेहना, समाजसेवी केशवराम वर्मा, दानवीर तथा समाजसेवी माधवराम वर्मा, बिशाल बिक्रम वर्मा, राईजिङ्ग आईडलका अध्यक्ष आशिष वर्मा, राजन वर्मा लगायतको उपस्थित रहेको थियो ।

प्रकाशित मिति : २०७८ जेठ १५ गते शनिबार
ताजा समाचार