२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

नरैनापुरका आगलागी पिडितलाई डा.रोमनको सहयोग



नेपालगञ्ज : नेपालगञ्ज मेडिकल कलेजका सहायक निर्देशक एबम सर्जन डा.रोमन किदवाईले आगलागी पिडितहरुलाई राहत सहयोग गरेका छन् ।

डा. किदवाईले शनिबार नरैनापुर गाउँपालिका वडा नम्बर ४ खोदहाका आगलागी पिडितहरुलाई एक लाख रुपैयाँ सहयोग गरेका छन् ।

डा. किदवाईले नरैनापुर आगलागी पिडितहरुलाई १ लाख रुपैयाँ बराबरको ६० कार्टुन बिस्कुट सहयोग गरेका छन् । आपतकालीन समयमा गाँस नभएको बेला डा. किदवाईले गरेको सहयोगलाई सबैले सर्हाना गरेका छन् ।

डा. किदवाईको सहयोग प्रति बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङले धन्यवाद व्यक्त गरेका छन् । शनिबार आगलागीबाट १२० घर जलेर नस्ट भएका छन् भने ३ जना घाइते भएका छन् । आगलागीबाट करोडौंको क्षति भएको छ । नरैनापुरमा यसै बर्ष यसभन्दा पहिले २ पटक आगलागी भइसकेको छ ।

प्रकाशित मिति : २०७७ चैत २२ गते आइतबार
ताजा समाचार