२०८३ कात्तिक १२ , बुधबार
Sadarline
२०८३ कात्तिक १२ , बुधबार

कोहलपुरका लागि नगरसभा हलमै पिसिआर स्वाब संकलन गरिदै




कोहलपुर (बाँके) : बाँकेको कोहलपुर नगरपालिकाले शसक्रबारदेखि कोहलपुर नगरपालिकाका नागरिकहरूको सुबिधाका लागि पिसिआर परिक्षण गर्न स्वाब संकलन कार्यको शुरूवात गरेको छ ।

कोरोना संक्रमितको संख्या अधिक रहेको कोहलपुर नगरपालिकाका संकास्पद विरामीको पिसिआर परीक्षणको लागि नेपालगञ्जसम्म आउनु पर्ने बाध्यता हटेको नगरकार्यपालिा सदस्य डिलबहादुर परियारले जानकारी दिए ।

उनले हरेक दिन स्वाब संकलनको लागि साझको ५ बजे नगर सभाहलमा तोकिएको बताए । यसअघि कोहलपुर नगरपालिकाले पिपरीमा रहेको क्षेत्रीय कृषि विकास बैंकको तालिम कक्षमा अक्सिजन सुविधा सहितको आईशोलेशन वार्ड सञ्चालनमा ल्याएको छ ।

 

प्रकाशित मिति : २०७८ वैशाख १७ गते शुक्रबार
ताजा समाचार