२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

प्रथम कम्युनिस्ट प्रधानमन्त्री अधिकारीको स्मृति दिवस



नेपालगञ्ज : नेपाल कम्युनिस्ट आन्दोलनका शिखर पुरुष नेकपा (एमाले) का संस्थापक अध्यक्ष एवं प्रथम कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको सोमवार २२ औं स्मृति दिवस बाँकेमा मनाइएको छ ।

नेकपा (एमाले) र मनमोहन स्मृति प्रतिष्ठानले हरेक बर्ष विभिन्न जिल्ला तथा काठमाडौमा विशेष कार्यक्रम आयोजना गर्ने गरे पनि कोभिड–१९ को संक्रमणका कारण यसबर्ष औपचारिक कार्यक्रम हुन नसकेको जिल्ला अध्यक्ष सुर्य ढकालले जानकारी दिए ।

२०५१ सालमा प्रधानमन्त्री निर्वाचित हुनुभएका स्वर्गीय अधिकारी नेतृत्वको लोकप्रिय सरकारकै जगमा नेपालमा कम्युनिस्ट पार्टी (एमाले) र कम्युनिष्ट आन्दोलनले विशाल रुप लिएको पाईन्छ ।

प्रकाशित मिति : २०७८ वैशाख १३ गते सोमबार
ताजा समाचार