२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

कोहलपुरमा आइतवारदेखि लकडाउन गर्ने निर्णय



नेपालगञ्ज : बाँकेको कोहलपुरलाई पनि लकडाउन गरिने भएको छ । कोहलपुर नगरपालिकाको कोभिड नियन्त्रण तथा व्यवस्थापन समितिको आज बसेको आकास्मिक बैठकले स्थिति भयावह हुने आंकलनपछि आइतवारदेखि लकडाउन गर्ने निर्णय गरेको हो ।

संक्रमणको रेसियो बढ्न थालेपछि मानिसहरुको मुभमेन्ट रोक्न लकडाउन गर्नु परेको कोहलपुर उपमहानगरपालिकाका उपमेयर संजुकुमारी थारुले जानकारी दिनुभयो ।

कोरोनाको चेन ब्रेक गर्न लकडाउनको विकल्प नभएको बैठकले निष्कर्ष निकालेको उनले जानकारी दिए ।

प्रकाशित मिति : २०७८ वैशाख ११ गते शनिबार
ताजा समाचार