२०८३ कात्तिक १२ , बुधबार
Sadarline
२०८३ कात्तिक १२ , बुधबार

कोरोनाबाट बाँकेमा बर्दियाका एक जनाको मृत्यु



नेपालगञ्ज : कोरोना संक्रमणबाट बाँकेमा थप एक जनाको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज कोहलपुरबाट रेफर गरिएका बर्दिया बढैयाताल ८ का ४३ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगञ्ज पुर्याएलगत्तै मृत्यु भएको हो ।

कोहलपुरबाट थप उपचारका लागि नेपालगञ्ज ल्याएलगत्तै उनको सोमवार दिउँसो १२ बजे मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले बताए ।

योसँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आएका १ सय ५ जनाको मृत्यु भईसकेको छ ।

प्रकाशित मिति : २०७८ वैशाख १३ गते सोमबार
ताजा समाचार