२०८३ कात्तिक ११ , मंगलबार
Sadarline
२०८३ कात्तिक ११ , मंगलबार

सशस्त्र द्वन्द्वकालमा हराएका परुप्रसाद २२ वर्षपछि घर फर्किए



बाजुरा : सशस्त्र द्वन्द्वकालमा बेपत्ता भएका बाजुराको स्वामी कार्तिक खापर गाउँपालिका–४ का परुप्रसाद जोशी २२ वर्षपछि घर फर्किएका छन् । उनी घर पर्किएपछि परिवारमा खुसी छाएको छ ।

२०५५ सालमा कक्षा ८ मा पढ्दै गरेका जोशी बेपत्ता भएका थिए । उनीसँगै सोही गाउँका पासवान कैला र गोरे धामी पनि हराएका थिए । तीमध्ये कैला घर फर्किए । गोरेको भने गाउँमा मृत्युको खवर आएको थियो । छोराको पीरमा रहेका परुका बुवा २०६९ मा निधन भएको थियो ।

घर फर्किएपछि गाउँलेले परुलाई हर्षोल्लासका साथ स्वागत गरेका छन् । सशस्त्र द्वन्द्वकालमा हराएका भाइ आउला भन्ने आशा मारिसकेका बेला आउँदा खुसीको सीमा नाघेको उनका दाइ पूर्णप्रसाद जोशीले बताए । ‘सशस्त्र द्वन्द्वका बेला हराएको भाइ फर्किएर आउँला भन्ने आशा मरिसकेको थियो,’ पूर्णप्रसादले भने, ‘भाइलाई एक्कासी भगवानले ल्याएर राखेको जस्तो गरी गाउँमा देखिएपछि हर्षको सीमा नै छैन ।’

सशस्त्र द्वन्द्वका बेला हराएका भाइको लामो समयसम्म कुनै खबर नआएपछि विभिन्न ठाउँमा खोजी गरेका पूर्णप्रसादले बताए । परुले सशस्त्र द्वन्द्वको त्रासले भारत गएको र उतै विभिन्न ठाउँमा काम गरेर बसेको बताए ।

प्रकाशित मिति : २०७७ चैत ३ गते मंगलबार
ताजा समाचार