२०८३ कात्तिक ११ , मंगलबार
Sadarline
२०८३ कात्तिक ११ , मंगलबार

अन्तरास्ट्रिय जातिय विभेद उन्मुलन दिवसमा भेरी अस्पतालका विरामीलाई फलफूल




नेपालगञ्ज : अन्तरास्ट्रिय जातिय विभेद उन्मुलन दिवस २१ मार्च को अवसरमा नेपालगञ्जको भेरी अस्पतालमा रहेको सुत्केरी र कुपोषणमा रहेका बालबालिकालाई फलफुल वितरण गरिएको छ ।

नेपाल उत्पीडित जातिय मुक्ति समाज बाँकेको आयोजनामा गरिएको सो कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्यद्वय देवराज भार, पुजन विश्वकर्मा, प्रदेश कमिटी सदस्य नन्द विश्वकर्मा बाँके अध्यक्ष सूर्य ढकाल, सचिव प्रमोद धिताल तथा जिल्ला अध्यक्ष हिमबहादुर नेपाली भिमबहादुर नेपालीलगायतको सहभागिता रहेको थियो ।

जातिय बिभेद उन्मुलनको दिनको अवसर पारेर २१ मार्चमा विषेश कार्यक्रम गरिदै आएको छ । सोही क्रममा बाँकेमा अस्पतालका विरामीलाई फलफूल वितरण गरिएको अध्यक्ष नेपालीले जानकारी दिए ।

प्रकाशित मिति : २०७७ चैत ८ गते आइतबार
ताजा समाचार