२०८३ कात्तिक ११ , मंगलबार
Sadarline
२०८३ कात्तिक ११ , मंगलबार

युनेस्कोकर्मीका लागि एक दिने नेतृतव विकास तालिम




नेपालगञ्ज  : युनेस्को क्लब महासंघको आयोजनामा युनेस्को क्लवकर्मीहरुको क्षमता बृद्धिका लागि एक दिने नेतृत्व विकास तालिम नेपालगन्जमा सम्पन्न भएको छ ।

नेपालका लागि युनेस्को राष्ट्रिय आयोका सहायक महासचिव डा बाबुराम अधिकारीले युनेस्कोले शिक्षा, समाज सेवा तथा संस्कृति संरक्षणको लागि काम गर्दै आएको जानकारी दिए ।

२५ जना युनेस्को क्लवकर्मी सहभागि रहेको सो तालिमको नेपालगन्ज उपमहानगरका प्रमुख डा. धवल शम्शेर राणाले उद्घाटन गरेको सो तालिममा नेपालका लागि युनेस्को राष्ट्रिय आयोगका सहायक महासचिव डा बाबुराम अधिकारी, युनेस्को क्लव महासंघका अध्यक्ष आनन्दराज त्रीपाठी, युनेस्को क्लव महासंघ बरिष्ठ उपाध्यक्ष दिपक सरकार, महेश शर्मा लगायतले सहजिकरण गरेका थिए ।

तालिमको उद्घाटन सत्रमा बाँके युनेस्को क्लवका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकी, अध्यक्ष राजेन्द्र चौधरी, सल्लाहकार रुद्र सुवेदी, नरेन्द्र थापालगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७७ फागुन २५ गते मंगलबार
ताजा समाचार