२०८३ कात्तिक ११ , मंगलबार
Sadarline
२०८३ कात्तिक ११ , मंगलबार

नौवस्ता औद्योगिक क्षेत्रको शिलान्यास



नेपालगञ्ज : नेपाल सरकारले घोषणा गरेको नौवस्ता औद्योगिक क्षेत्रको मंगलवार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले शिलान्यास गरेका छन् । कार्यक्रममा मन्त्री भट्टले यो शिलान्यासका लागि मात्रै शिलान्यास नभएको भन्दै द्रुत गतिमा निर्माण कार्य अघि बढ्ने बताए ।

कार्यक्रममा राज्यमन्त्री विमला विक, लुम्विनी प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेल, प्रदेश सांसद आईपी खरेल, बैजनाथ गाउँपालिकाका अध्यक्ष मानवहादुर रुचाल लगायतले औद्योगिक क्षेत्र बाँके मात्रै नभई पश्चिम नेपालकै लागि फाईदाजनक भएको बताए ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर वस्नेतले ३३८ विघामा औद्योगिक क्षेत्र निर्माणका लागि सम्पूर्ण प्रक्रिया पुरा भई शिलान्यास भएको जानकारी दिए । शिलान्यासका समयमा परियोजना आसपासका स्थानीयले विरोध प्रदर्शन गरेका थिए । परियोजनाभित्र २५९ घर रहेका छन् ।

प्रकाशित मिति : २०७७ फागुन ११ गते मंगलबार
ताजा समाचार