२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

नेपालगञ्जका सबै विद्यालय तीन दिन बन्द



नेपालगञ्ज : बाँकेको नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्रका विद्यालयहरु ३ दिनकालागि बन्द हुने भएका छन् । अत्याधिक चिसो बढेसँगै नगरक्षेत्रभित्रका सबै विद्यालय बन्द गर्न लागिएको हो ।

नेपालगञ्ज उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख उपसचिव गोर्खबहादुर थापाका अनुसार नगरभित्र सञ्चालित सम्पूर्ण सामुदायिक, संस्थागत र धार्मिक विद्यालय माघ १९ गतेदेखि २१ गतेसम्म बिदा गर्ने निर्णय भएको छ ।

मौसम अनुकुल भई घाम लागेको खण्डमा माघ २२ गतेबाट विद्यालय सञ्चालन गर्न आग्रह गर्दै उपमहानगरपालिकाले मौसम प्रतिकुल रहेको अवस्थामा भने शुक्रबारसम्म विद्यालय बन्द गर्न सूचना जारी गरेको छ ।

बाँकेमा पछिल्लो समय चिसो अत्याधिक बढेको छ । चिसोका कारण विद्यालय जाने उमेरका बालबालिका सबैभन्दा बढि प्रभावित भएका छन् ।

प्रकाशित मिति : २०७७ माघ १८ गते आइतबार
ताजा समाचार