२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

बर्दिया निकुञ्जमा आगन्तुक पानी चराको गणना शुरू



बर्दिया : बर्दिया राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा हिजोदेखि चरा गणना शुरू गरिएको छ । नेपाल पंक्षी संरक्षण संघ, राष्ट्रिय प्रकृति संरक्षण कोष, उज्यालो नेपाल, पर्या पर्यटन विकास मन्च, बर्दिया राष्ट्रिय निकुञ्ज तथा अन्य सहयोगी संस्थाहरूको आर्थिक सहयोगमा हिउँदे आगन्तुक पानी चराको गणना शुरू गरिएको बर्दिया प्रकृति संरक्षण क्लबका अध्यक्ष राम बहादुर शाहीले जानकारी दिए ।

उनका अनुसार बर्दिया राष्ट्रिय निकुञ्ज र आसपासका नदी, ताल(तलैया तथा सिमसार क्षेत्रलगायत विभिन्न ठाउँमा चरा गणना शुरू गरिएको छ । चरा रहेका क्षेत्रहरूलाई विभिन्न भागमा बाँडेर गणना गरिएको हो ।

विशेषगरी कर्णाली, गेरुवा, बढैयाताल, सत्खलुवा ताल र बबई क्षेत्रमा हिउँदे आगन्तुक पानी चराको गणना शुरू गरिएको र उक्त क्षेत्रमा लालठुडे चखेवा जातका दुर्लभ प्रजातिहरू फेला परेका बर्दिया प्रकृति संरक्षण क्लबका सचिव राजन चौधरीले जानकारी दिए । गणनामा धेरै गणक सहभागी भैरहेका छन् ।

चराको रङ, शरीरको बनोट, आवाज हेरेर र सुनेर गणना गर्ने गरिएको समेत जनाइएको छ । यतिखेर साइबेरिया र अष्ट्रेलिया लगायत विभिन्न देशबाट जाडो छल्न नेपालको बर्दिया राष्ट्रिय निकुञ्जमा चराहरू आउने गर्दछन् । उत्तरी सीमा हुँदै आउने ती चरा गर्मी लागेसँगै फर्कने गर्छन् ।

प्रकाशित मिति : २०७७ पुस २८ गते मंगलबार
ताजा समाचार