२०८३ कात्तिक १० , सोमबार
Sadarline
२०८३ कात्तिक १० , सोमबार

नेपालगञ्ज उपमहानगरपालिकामा शोक



नेपालगञ्ज : नेपालगञ्ज उप–महानगरपालिकाको आयोजनामा आइतवार श्रद्धाञ्जलीसभा सम्पन्न भएको छ । मोटरसाईकल दुर्घटनामा परी उपचारका क्रममा निधन हुनुभएका सरसफाई अधिकृत अशोक केसीको निधनप्रति गहिरो शोक ब्यक्त गर्दै श्रद्धाञ्जलीसभा गरिएको हो ।

श्रद्धाञ्जलीसभामा मेयर डा. धवलशम्शेर राणाले केसीको निधनबाट उप–महानगरपालिकाले ईमान्दार राष्ट्रसेवक कर्मचारी गुमाएको बताए । नगरको सरसफाईका लागि स्व. केसी रातदिन नभी खटिने गरेको स्मरण गर्दै मेयर राणाले केसीको निधनबाट सिंगो उपमहानगरपालिका दुःखित भएको बताए ।

श्रद्धाञ्जलीसभामा श्रद्धाञ्जली सभामा उपमेयर उमा थापा मगर, प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्का लगायत जनप्रतिनिधी र कर्मचारीहरुको उपस्थिती थियो ।

यसैबीच केसीको निधनमा शोक मनाउदै नेपालगञ्ज उपमहानगरपालिकाले आइतवार सार्वजनिक विदा दिएको छ । उपमहानगरपालिका र २३ वटै वडा कार्यालयबाट प्रदान हुने अत्यावश्यकबाहेकका अन्य सेवा बन्द गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २०७७ पुस १९ गते आइतबार
ताजा समाचार