२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

घेराबन्दीले संसद् विघटन गर्नु परेको प्रधानमन्त्रीको भनाई



काठमाण्डौ : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै दलका नेताहरुले सरकारविरुद्ध घेराबन्दी गरेर काम गर्न नदिएकाले संसद विघटन गर्नुपरेको बताएका छन्। सोमबार देशवासीका नाममा सम्बोधन गर्दै नेकपा अध्यक्ष समेत रहेका ओलीले यस्तो बताएका हुन्।

नेपाल कम्युनिष्ट पार्टीका केही नेताहरुको जनअपेक्षा विपरीत कार्य भएको भन्दै उनले राष्ट्रिय राजनीतिलाई जनअपेक्षाअनुरुप अघि बढ्न नदिने काम भएको विघटना गरिएको दाबी गरे । उनले केही नेताहरुले सरकारविरुद्ध अड्चन गर्नुका साथै घेराबन्दी गरिरहेकाले बाध्य भएर संसद् विघटनको कदम चाल्नु परेको बताए ।

ओलीले नेकपा केही नेताहरु (नाम नलिइ) ले स्वदेश तथा विदेशमा बसेर अस्थिरता छरेको बताएका छन् । ओलीले पार्टी घोषणापत्रको मर्म अनुसार सरकारलाई हाँक्न खोजिएको दाबी गरे ।

प्रकाशित मिति : २०७७ पुस ६ गते सोमबार
ताजा समाचार