२०८३ कात्तिक १० , सोमबार
Sadarline
२०८३ कात्तिक १० , सोमबार

मागप्रति सरकार गम्भिर नभए आन्दोलन गर्ने चेतावनी



कैलाली : थरुहट थारुवान राष्ट्रिय मोर्चाले टीकापुरमा पत्रकार सम्मेलन गरि आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

पहिचानको आधारमा संघीय व्यवस्था लागुु हुनुपर्ने भन्दै लम्मो समयदेखि संघर्षरत मोर्चाले उठान गरेको १४ बुँदे माग मुद्दा प्रति सरकार गम्भिर नभए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।

थरुहट थारुवान राष्ट्रिय मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारुले मोर्चाले उठाएको माग मुद्दा प्रति सरकार गम्भिर नभएकोले आन्दोलन गर्न बाध्य भएको बताए ।

मोर्चाका कैलाली संयोजक माधव चौधरीले कैलालीको राजनितिक दल, जिल्ला कार्यालयमा थरुहट थारुवानले उठान गर्दै आएको माग मुद्दा र टीकापुरको विषयमा स्पष्ट धारणासहित ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको बताए ।

मोर्चाले संघीयता संस्थागत गर्न संविधानको धारा २७४ लगायत पहिचान विरोधी धारा र अनुसुची ४ संशोधन गर्नुपर्ने, थरुहट आन्दोलनको क्रममा टीकापुर घटना पश्चात् झुट्टा मुद्दा लगाइएका थरुहट राजबन्दी सांसद रेशमलाल चौधरीसहितको मुद्दा खारेज गर्नुपर्ने माग राख्दै आएको छ ।

प्रकाशित मिति : २०७७ कात्तिक २० गते बिहीबार
ताजा समाचार