२०८३ कात्तिक ८ , शनिबार
Sadarline
२०८३ कात्तिक ८ , शनिबार

ट्रम्पलाई पछि पर्दै बाइडेन ४३ राज्यमा अगाडी



काठमाण्डौ : अमेरिकामा राष्ट्रपति चयनका लागि भएको चुनावमा अहिलेका राष्ट्रपति तथा रिपब्लिकन पार्टीबाट उमेदवार डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

बिहीवार विहान आएको ५० राज्यको नतिजा अनुसार ट्रमपलाई पछि पर्दै बाइडेन ४३ राज्यको नतिजामा अगाडि छन् । चुनावको अन्तिम नतिजा आउन बाँकी छ । कुल ५ सय ३८ इलेक्टोरल सिटमध्ये बाइडेनले २ सय ४३ र ट्रम्पले २ सय १४ सिट प्राप्त गरेका छन् ।

जितका लागि २ सय ७० सिट आवश्यक पर्छ । निर्णायक राज्यहरु विस्कन्सिन र मिसिगनमा बाइडेनले जित हात पारेका छन् । एरिजोना र नेभाडामा बाइडेननै अगाडी छन् ।

जर्जिया, नर्थ क्यारोलाइना र अलास्कामा ट्रम्प अगाडी छन् । अब पेन्सेल्भेनियाको मत निर्णायक मानिएको छ ।

पेन्सेल्भेनिया नजितामा पनि अब एरिजोना र नेभाडा गरी बाइडेनलाई चुनाव जित्न पुग्नेछ । नतिजापछि अमेरिकाले ५८ औं राष्ट्रपति पाउने छ ।

प्रकाशित मिति : २०७७ कात्तिक २० गते बिहीबार
ताजा समाचार