२०८३ कात्तिक १० , सोमबार
Sadarline
२०८३ कात्तिक १० , सोमबार

कञ्चनपुरका युवकको कोरोनाबाट मृत्यु



नेपालगञ्ज : कञ्चनपुरका कोरोना संक्रमित युवकको बाँकेमा मृत्युु भएको छ । कञ्चनपुरको बेलौरी १ का ३२ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा आइतवार विहान साढे ८ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

उनी लामो समयदेखि न्युरो सम्बन्धि विरामी थिए । स्वास्थ्यमा समस्या भएपछि कार्तिक २३ गते कोहलपुरमा भर्ना भएका उनमा २५ गते कोरोना पुष्टि भएको थियो । योसंगै बाँकेमा उपचारका लागि आएका बाहिरी जिल्लाका ३८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : २०७७ कात्तिक ३० गते आइतबार
ताजा समाचार