२०८३ कात्तिक १० , सोमबार
Sadarline
२०८३ कात्तिक १० , सोमबार

नेपालगञ्ज १२ मा ‘जनमत’ गठन



नेपालगञ्ज : जनमत पार्टीले वडा समिति गठन तीब्र पारेको छ । जनमत पार्टी बाँकेले नेपालगञ्ज उपमहानगरपालिका १२ मा शैलेन्द्रकुमार कर्णको अध्यक्षतामा ११ सदस्यीय वडा समिति गठन गरेको छ ।

रियाज अंसारीको प्रमुख आतिथ्यतामा भएको वडा अधिवेशनबाट उपाध्यक्षमा रेश्मा शेष, सचिवमा इतवारी रैदास र कोषाध्यक्षमा निशा इद्रिसीलाई चयन गरेको छ ।

यस्तै रामदीन यादव, पवन कनोजिया, दिपक रैदास, फारूक खान, जहरुल खान, इसहाक खान र भग्गु चिडिमार सदस्यमा चयन भएको पार्टीका केन्द्रीय सदस्य इरफान अहमद शेषले जानकारी दिए ।

जाबिर हल्वाईको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला अध्यक्ष रियाज अहमद शेष, नाजमा बागवान, नौसाद अंसारी लगायतको नेताहरूको उपस्थिति थियो ।

प्रकाशित मिति : २०७७ कात्तिक २८ गते शुक्रबार
ताजा समाचार