२०८३ कात्तिक ९ , आइतबार
Sadarline
२०८३ कात्तिक ९ , आइतबार

फुडबैंकका लागि रक्षक सेक्युरेटिजको खाद्यान्न सहयोग



नेपालगञ्ज : कोभिड–१९ को  महामारीमा  रोजगारी  गुमाएर  साँझ  विहानको समस्या परेकालाई सहयोग गर्ने उद्देश्यले सञ्चालनमा ल्याएको ‘फुडबैंक’लाई सेक्युरेटिज क्षेत्रमा क्रियाशिल रक्षक सेक्युरेटिज प्रालिले खाद्यान्न सहयोग गरेको छ ।

विपत्तिमा परेर साँझ विहानको खानामा समस्यामा परेका परिवारलाई सहयोग गर्ने उद्देश्यले रक्षक सेक्युरिटिजले फुडबैंकलाई सय किलो चामल, ५ किलो दाल, १० किलो नून, १० लिटर तेल, सय पिस मास्क, १० किलो पिठो र ३० पिस साबुन रक्षकका प्रमुख कार्यकारी जयनारायण शाहले फुडबैंकका सञ्चालक नमस्कार शाह, चन्द्रप्रसाद तिमिल्सेना, हेमराज भट्टलाइ हस्तान्त्रण गरेका हुन ।

फुडबैंकका सञ्चालक तिमिल्सेनाले सो खाद्यान्न कोभिड–१९ कारण रोजगारी गुमाउनुको साथै खानाको समस्यामा परेकालाई फुडबैंकमा रहेको खाद्यान्न सहयोग गरिने गरी स्थापना गरिएको बताउदै अन्य मनकारी दाताहरुलाई असाहेको लागि सहयोगी हात अघि बढाउन आग्रह पनि गरे ।

प्रकाशित मिति : २०७७ असोज १८ गते आइतबार
ताजा समाचार