२०८३ कात्तिक ९ , आइतबार
Sadarline
२०८३ कात्तिक ९ , आइतबार

कोभिड–१९ प्रभावित बैजनाथका १२८ परिवारलाई बाँके युनेस्कोद्वारा सहयोग



बैजनाथ (बाँके)  : बाँके युनेस्को क्लबले प्लान ईन्टरनेशनल नेपालसंगको साझेदारी तथा गिभ टु एशियाको आर्थिक सहयोगमा कोबिड–१९ बाट प्रभावित अति बिपन्न परिवारलाई ३२ लाख रुपैया बढीको सहयोग सामाग्री हस्तान्तरण गरेको छ ।

कोभिड–१९ प्रतिकार्य र पुनःस्थापना परियोजना अन्तरगत बाँके बैजनाथ गाउपालिकाको वडानं. १ चिसापानीमा सो सहयोग सामाग्री सरोकारवालालाई हस्तान्तरण गरिएको हो ।

कोबिड–१९ बाट प्रभावित अति बिपन्न परिवारको आय आर्जन बढाउने उद्देश्यले बैजनाथ गाउपालिकाका वडा नम्बर १, २, ३ र ४ का १ सय २८ अति बिपन्न परिवारलाई सो सहयोग गरिएको परियोजना अधिकृत अनुप बर्माले जानकारी दिए ।

उनले १ सय ३ घरपरिवारलाई बाख्रापालन, २ परिवारले कुखुरापालन, १० वटाले खुद्रा तथा किराना पसल, कटाई सिलाई, बंगुरपालन, मार्वल फिटिङ्गका लगायतका लागि प्रती परिवार २५ हजार रकम बराबरको सहयोग गरिएको छ ।

बैजनाथ वडा नम्बर १ का अध्यक्ष रुपबहादुर मल्ल, २ का अध्यक्ष प्रेमबहादुर थापा, ४ का अध्यक्ष कालीबहादुर सिंह, युनेस्को बाँकेका अध्यक्ष राजेन्द्र चौधरी, प्रमुख संरक्षक प्रबेज अली सिद्दीकी लगायतले सो सामाग्री हस्तान्तरण गरेका थिए ।

युनेस्को बाँकेका अध्यक्ष राजेन्द्र चौधरीले कोबिड–१९ बाट प्रभावित भएका अति बिपन्न परिवारको आर्थिक स्थितीमा सुधार ल्याओस भन्ने उद्देश्यले सहयोग गरिएको जानकारी दिए ।

सहयोग सामाग्री प्राप्त गरेकी कबिता बिकले कोरोना महामारीले आफुहरुलाई जीवनयापनमा समस्यामा पारेको बेला यो सहयोगले आर्थिक अवस्थामा सुधार ल्याउन मद्दत पुग्ने बताईन । कार्यक्रममा युनेस्कोका सह निर्देशक साजिद अली सिद्दीकी, सल्लाहकार रुद्र सुवेदी, नरेन्द्र थापा लगायतको उपस्थिती रहेको थियो ।

 

प्रकाशित मिति : २०७७ असोज १७ गते शनिबार
ताजा समाचार