२०८३ कात्तिक ८ , शनिबार
Sadarline
२०८३ कात्तिक ८ , शनिबार

बाँकेमा शुक्रवारदेखि दुई दिने निषेधाज्ञा जारी



 

नेपालगञ्ज : बाँकेमा शुक्रवारदेखि दुई दिनका लागि निषेधाज्ञा जारी गरिएको छ । आज र भोली दुई दिनका लागि बाँकेमा निषेधाज्ञा जारी गरिएको हो ।

हरेक साता शुक्रवार र शनिवार जिल्लामा निषेधाज्ञा जारी गर्ने निर्णय भएअनुसार कार्यान्वयनमा ल्याइएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए ।

बाँके प्रशासनले निषेधाज्ञाको अनिवार्य पालना गर्न जिल्लावासीलाई आग्रहसमेत गरेको छ । निषेज्ञाका समयमा अत्यावश्यकीय सेवा बाहेक सबै प्रकारको सेवा र सवारी साधन सञ्चालनमा रोक लगाइएको बाँके प्रशासनले जनाएको छ ।

 

प्रकाशित मिति : २०७७ भदौ १९ गते शुक्रबार
ताजा समाचार