२०८३ कात्तिक ९ , आइतबार
Sadarline
२०८३ कात्तिक ९ , आइतबार

सोमवार बाँकेबाट २९ डिस्चार्ज



नेपालगञ्ज : बाँकेबाट २९ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । सोमवार भेरी अस्पतालका दुईजना ल्याब टेक्निशियनसहित २९ जना डिस्चार्ज भएका हुन् ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार उनिहरुलाई भदौ २९ गते कोरोना संक्रमण देखिएपछि विभिन्न आइसोलेशनमा राखिएको थियो । योसँगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार ४ सय ६३ पुगेको छ ।

श्रेष्ठका अनुसार हाल बाँकेका आइसोलेशन केन्द्रमा अन्य जिल्लाका ८ गरी ३ सय ५३ जना सक्रिय संक्रमित उपचाररत छन् । बाँकेमा हालसम्म कोरोना संक्रमितको संख्या १ हजार ८ सय २१ रहेको छ भने १३ जनाको कोरोनाका कारण मृत्यु भईसकेको छ ।

प्रकाशित मिति : २०७७ असोज १२ गते सोमबार
ताजा समाचार