२०८३ कात्तिक ९ , आइतबार
Sadarline
२०८३ कात्तिक ९ , आइतबार

कोरोना संक्रमणबाट नेपालगञ्जका पुरुषको उपचारको क्रममा मृत्यु



नेपालगञ्ज  : बाँकेमा कोरोना संक्रमणबाट आज आइतबार बिहान फरि एक जनाको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत रहेका ती ४७ वर्षिय संक्रमित पुरुषको उपचारका क्रममा बिहान ५ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका अधिकृत एवं कोरोना फोकलपर्शन नरेश श्रेष्ठले जानकारी दिए । यो संगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

नेपालगञ्ज उपमहागरपालिका–९ का स्थानीय ४७ वर्षिय पुरुषको गत भाद्र ३१ गते स्वास्थ्यमा समस्या देखिएपछि पीसीआर परीक्षण गराउंदा कोरोना पुष्टि भए लगत्तै अस्पताल भर्ना भएका थिए । उपचारका क्रममा उनलाई प्लाज्मा थेरापी समेत दिईएको र उपचारका सबै उपायहरु अपनाउंदा पनि बचाउन नसकिएको स्वास्थ्य कार्यालय बाँकेका अधिकृत एवं कोरोना फोकलपर्शन श्रेष्ठले बताए ।

मृतकमा पहिलेदेखि नै मधुमेहको रोगको समस्या रहेको र उपचारका क्रममा फोक्सोको दुबै भागमा कडाखालको निमोनिया देखिएको बताईएको छ । मृतक मेडिकल कलेज, शिक्षण अस्पताल नेपालगञ्जका प्रशासन तर्फका स्टाफ भएको समेत स्वास्थ्य कार्यालयले जनाएको छ ।

 

प्रकाशित मिति : २०७७ असोज ११ गते आइतबार
ताजा समाचार