नेपालगञ्ज : भूमिसुधार तथा मालपोत कार्यालय बाँकेको सम्पुर्ण सेवा भदौ ३१ गतेसम्मका लागि बन्द गरिएको छ । प्रमुख मालपोत अधिकृत प्रेमबहादुर दौल्यालले एक सूचना जारी गर्दै कार्यालयबाट प्रदान गरिने सम्पुर्ण सेवा भदौ ३१ गते सम्मका लागि बन्द गरिएको जनाएका हुन् ।
सुचनामा शनिवार आएको पिसिआर जाँच रिपोर्टमा मालपोत कार्यालयका १४ जना कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएपछि कोभिड १९ को जोखिमलाई नियन्त्रण गर्नका लागि कार्यालय आज आइतबारदेखि ३१ गतेसम्मका लागि बन्द गर्नु परेको जनाइएको छ ।
शनिवार आएको पिसिआर जाँच रिपोर्टमा उक्त कार्यालयका १४ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
प्रकाशित मिति : २०७७ भदौ २८ गते आइतबार




प्रतिक्रिया दिनुहोस्