२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

नरैनापुर गाउपालिका र एनटिभि कोहलपुरबीच सम्झौता




नरैनापुर (बाँके)  :  एनटिभी कोहलपुर र बाँकेको  नरैनापुर  गाउपालिकाबीच  टेलिभिजन  कार्यक्रम  निर्माण  तथा  प्रसारण  सम्बन्धी  सम्झौता भएको छ ।

गाउपालिकाकोे कार्यालय परिसरमा एनटिभि कोहलपुरका प्रमुख निराजन खनाल र गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेन्द्र जंग शाहीले गाउपालिकाका अध्यक्ष मोहम्मद ईस्तियाक अहमद शाहको रोहवरमा सो सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सो सम्झौतामा गाउपालिकाबाट हुने कार्यसम्पादन, नीति तथा कार्यक्रम, बजेट, विकास निर्माण, ऐतिहाशिक पुरातात्विक पर्यटकिय तथा धार्मिक स्थलहरुको महत्व तथा अध्यक्ष, उपाध्यक्ष प्रशाशकिय अधिकृत तथा वडा अध्यक्षहरुसंगको अन्तरवार्ता जस्ता विभिन्न पक्षलाई समेट्ने गरि कार्यक्रमण तयार पारि प्रशारण गर्ने उल्लेख गरिएको छ ।

सो अवसरमा गाउपालिकाका अध्यक्ष ईस्यिाक अहमद शाहले गाउपालिकाले आफुले गरेका गतिविधि एनटिभि कोहलपुर मार्फत जनात सामु उजागर गर्न पाउदा अत्यन्तै हर्षित भएको बताउदै । एटिभि कोहपुरसंगको सहकार्यबाट नरैनापुर गाउपालिकाले विकास निर्माणमा समेत ठूलो फड्को मार्ने विश्वास व्यक्त गरे ।

सो सम्झौता अनुसार एक वर्षसम्म गाउपालिकाका विभिन्न गतिविधिहरु समेटेर कार्यक्रम तयार पारीएको कार्यक्रम हरेक महिनाको अन्तिम आईतबार राती ९ बजे प्रशारण हुने छ । बाँकेका राप्तीसोनारी खजुरा, बैजनाथ गाउपालिकाले यस अघि नै सम्झौता गरी सकेको छ ।

 

प्रकाशित मिति : २०७७ असोज १४ गते बुधबार
ताजा समाचार