२०८३ कात्तिक ८ , शनिबार
Sadarline
२०८३ कात्तिक ८ , शनिबार

भेरी अस्पतालमा कोरोना अस्पताल निर्माणको लागि सहयोग गर्न आव्हान



 

नेपालगञ्ज : नेपालगञ्जको भेरी अस्पतालमा कोरोना अस्पताल सञ्चालनमा ल्याउनको लागि पहल सुरु भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको पहलमा सुरु गरिएको सो कार्यका लागि सहयोगी मनहरुलाई खुलेर सहयोग गर्न आग्रह गरिएको छ ।

सो प्रयोजनको लागि भेरी अस्पताल विकास समितिको नाममा रहेका राष्ट्रिय बाणिज्य बैंकको खाता नं.४१३०२०७०००७०१ मा मनकारी सहयोगिले यो खातामा आफुले गर्न चाहेको सहयोग जम्मा गर्न सक्ने छन् ।

बाँकेका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका संयोजक रामबहादुर कुरुम्बाङ्गले हालसम्म सो खातामा बाँकेका सबै राष्ट्रसेवक निजामती कर्मचारीले एक दिनको तलब जम्मा गरिसकेको जानकारी दिए ।

उनले बाँकेमा कोभिड–१९ को संकट बढ्दो अवस्थामा रहेकोले सो संकटबाट पार पाउनको लागि सबैको हातेमालो हुन आवश्यक रहेको भन्दै मनकारी सहयोगी मनहरुले खुलेर सहयोग गर्न आग्रह गरेका छन् ।

 

 

प्रकाशित मिति : २०७७ भदौ ७ गते आइतबार
ताजा समाचार