२०८३ कात्तिक ९ , आइतबार
Sadarline
२०८३ कात्तिक ९ , आइतबार

औषधि व्यावसायी संघद्वारा ४ सय थान भिटिएम सहयोग



नेपालगञ्ज  : कोरोनाको जाँच जनस्तरमा पुराउनको लागि अभाव रहेको भिटिएम सहयोग आउने क्रम जारी छ । पछिल्लोे समय नेपाल औषधि व्यवसायी संघ बाँकेले ४ सय भिटिएम सहयोग गरेको छ ।

बाँकेका जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र संयोजक तथा बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङलाई संघको एक प्रतिनिधि मण्डलले एक लाख बराबरको ४ सय थान भिटिएम उपलब्ध गरायको संघका जीवन शर्माले जानकारी दिए ।

यसअघि बाँकेमा लागन्स क्लव, आड्रा नेपाल, बैक तथा वित्तिय संस्थाका कर्मचारीहरुका तर्फबाट भिटिएम उपलब्ध गराईएको थियो । भिटिएमको उपलब्धता भएसंगै परीक्षणको दर पनि तीब्र रुपले बढाईएको छ ।

 

 

प्रकाशित मिति : २०७७ भदौ १४ गते आइतबार
ताजा समाचार