२०८३ कात्तिक ८ , शनिबार
Sadarline
२०८३ कात्तिक ८ , शनिबार

बाँकेमा शनिबार जोर नम्बरका साधन चलाउन रोक अटेरगरे दुईहजारसम्म जरिवाना



                                                                             फाईल फोटो

नेपालगञ्ज : बाँकेमा पनि जोर बिजोर प्रणाली लागू गरिएको छ । जोर बिजोर प्रणलीलाई अटेर गरी सावरी साधन सञ्चालन गरे संक्रामक रोग निवारण ऐन र सवारी ऐन अन्तरगत जरिवाना २ हजारसम्म जरिवाना गरिने छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी तथा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका संयोजक रामबहादुर कुरुम्बाङ्गले अनावश्यक हुने भिडलाई नियन्त्रण गर्नको लागि जोर बिजोर प्रणली लागू गरेको बताए । उनले साउन ३१ गते शनिबार बाँकेमा जोर अंकलाई निषेध गरिएको जानकारी दिए । उनले भने–‘अटेर गरेर चलाएको पाईएमा सवारी साना नियन्त्रणमा लिएर २ हजार जरिवाना गरिने छ ।’

उनले शनिबार जोर अर्थात अन्तिममा ०, २, ४, ६, ८ आउने निजि सवारी साधनलाई निषेध गरिएको बताए । बाँकेमा कोरोना संक्रमितको संख्या बृद्धि हुँदै गएपछि जारी गरिएको निषेधाज्ञा र चारकिल्ला तोकेर गरिएको शिलले केही राहत भए पनि पुनः नेपालगञ्ज तथा आसपासमा भिडभाड बढ्न थालेपछि उनले जोर बिजोर लागू गर्न परेको उल्लेख गरे ।

बाँकेमा दुईसाता यता अप्रत्याशित रुपमा कोरोना संक्रमण बढेपछि सुरु गरिएको निषेधाज्ञा आज साउन ३० गतेराती १२ बजेदेखि हटाईदै छ ।

प्रकाशित मिति : २०७७ साउन ३० गते शुक्रबार
ताजा समाचार