सदरलाइनडटकम,
कोहलपुर (बाँके) : बाँकेको कोहलपुर नगरपालिका आइतवारदेखि पूर्णरुपमा बन्द गरिने भएको छ । कोरोनाको जोखिम बढ्दै गएकाले आइतवारदेखि भदौ ५ गते राति १२ बजेसम्म कोहलपुर पूर्णरुपमा बन्द गरिने भएको हो ।
शनिवार बसेको सर्वपक्षीय वैठकले नगरपालिकाको कार्यालय, वडा कार्यालय, शाखा कार्यालय, सरकारी तथा गैरसरकारी कार्यालय, बैंक तथा वित्तीय संघसंस्था, होटल, रेष्टुरेन्ट, ब्यापार, व्यवसाय, उद्योग, कलकारखाना, तरकारी बजार लगायत सबै भोलिदेखि भदौ ५ गते राति १२ बजेसम्म बन्द गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत छविलाल नेपालीद्वारा जारी सूचनामा उल्लेख छ ।


