२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

एनटिभी कोहलपुर र राप्तीसोनारी गाउपालिकाबीच सम्झौता



रोप्तीसोनारी (बाँके) :  एनटिभी कोहलपुर र राप्तीसोनारी गाउपालिकाबीच टेलिभिजन कार्यक्रम निर्माण तथा प्रसारण सम्बन्धी शुक्रबार सम्झौता भएको छ ।

शुक्रबार गाउपालिकाकोे कार्यालय परिसरमा एनटिभी कोहलपुरका प्रमुख निराजन खनाल र गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत दलबहादुर बस्नेतले गाउपालिकाका अध्यक्ष लाहुराम थारुको उपस्थितिमा सो सम्झौता पत्रमा हस्ताक्षर समेत गरेका हुन ।

सो सम्झौतामा गाउपालिकाबाट हुने कार्यसम्पादन, नीति तथा कार्यक्रम, बजेट, विकास निर्माण, ऐतिहाशिक पुरातात्वीक पर्यटकिय तथा धार्मिक स्थलहरुको महतत्व तथा अध्यक्ष, उपाध्यक्ष प्रशाशकिय अधिकृत तथा वडा अध्यक्षहरुसंगको अन्तरवार्ता जस्ता विभिन्न पक्षलाई समेट्ने गरि कार्यक्रमण तयार पारि प्रशारण गर्ने उल्लेख गरिएको एनटिभी कोहलपुरका प्रमुख खनालले जानकारी दिए् ।

सो अवसरमा गाउपालिकाका अध्यक्ष लाहुराम थारुले गाउपालिकाले आफुले गरेका गतिविधि एनटिभि कोहलपुर मार्फत जनात सामु उजागर गर्न पाउदा अत्यन्तै हर्षित भएको बताए । एटिभि कोहपुरसंगको सहकार्यबाट राप्तीसोनारी गाउपालिकाले विकास निर्माणमा समेत ठूलो फड्को मार्ने विश्वास व्यक्त गरे ।

सो सम्झौता अनुसार एक वर्षसम्म गाउपालिकाका विभिन्न गतिविधिहरु समेटेर कार्यक्रम तयार पारी प्रशारण गरिने छ ।

प्रकाशित मिति : २०७७ साउन ३० गते शुक्रबार
ताजा समाचार