२०८३ कात्तिक ८ , शनिबार
Sadarline
२०८३ कात्तिक ८ , शनिबार

नेपालगञ्ज वडानं. १८ ले हाईमास्ट ल्यायो सञ्चालनमा



सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ ले पहिलो पटक वडामा दुई वटा हाईमास्ट लाईट सञ्चालनमा ल्याएको छ । आफ्नै खर्चमा हाईमास्ट लाईट लगाउने नेपालगञ्ज वडा नं. १८ पहिलो वडा हो ।

वडाले कारकादो चोक र एसके पेट्रोलपम्प नजिकै लगाईएको सो हाईमास्ट लाईट वडाको आफ्नै बजेटबाट लगाईएको वडा अध्यक्ष दीपक बर्माले जानकारी दिए ।

नेपालगञ्ज वडा नंम्बर १८ ले १६ लाख ५० हजारको लागतमा निर्माण गरीएको सो हाईमास्ट लाईट काठमाण्डौ ईनजी प्रलिको प्रविधिकि सहयोगमा निर्माण गरिएको हो ।

नेपालगञ्ज उप–महानगरपालिकाका वडा नम्बर १८ का वडा अध्यक्ष वर्माको पहलकदमीमा हाईमाष्ट लाईट जडान सम्पन्न गरी सञ्चलनमा ल्याईएको सो वडाका वडा सदस्य दीपक ढुंगानाले जानकारी दिए ।

हाईमाष्ट लाईटको उद्घाटन गर्दै वडा अध्यक्ष वर्माले सडक डिभिजन कार्यालय र विद्युत केन्द्रसँग समन्वय गरि हाईमाष्टलाईट जडान गर्न सफल भएको बताए । उनले वडा नं. १८ मा रहेका दलित तथा सुकुमबासी तथा विपन्नलाई लक्षित गरी २ सय ५९ थान सौर्य उर्जा सोलार वितरण र जडान गरिएको बताए ।

नेपालगञ्जको विपी चोकपछि हाईमाष्ट जडान हुने कारकादौं दोश्रो चोक भएको छ । हाईमास्टको उद्घाटन पछि उनले भने–‘ अझैपनि तेजनगर, विशालनगर लगायतका स्थानमा हाईमास्ट जडान गर्ने योजना रहेको छ । हामी हाम्रो वडालाई उज्यालो पार्ने अभियानमा छौ । सबै वडाबासीको चाहाना अनुरुप वडाको विकासका लागि प्रयत्नशिल रहने छौ ।’ वडाको विकासको लागि सडक र नाली तथा अन्य काम निरन्तर भईरहेको उनको भनाई छ ।

प्रकाशित मिति : २०७७ साउन १३ गते मंगलबार
ताजा समाचार