२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

क्वारेन्टाइनमा आत्महत्या गरेका संक्रमितको शव नेपाली सेनाद्वारा व्यवस्थापन



सदरलाइनडटकम,
बर्दिया : बर्दियामा क्वारेन्टिनमा आत्महत्या गरेका कोरोना संक्रमित व्यक्तिको शव नेपाली सेनाले व्यवस्थापन गरेको छ । आइतवार राति आत्महत्या गरेका ती व्यक्तिको कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।

रिपोर्ट पोजिटिभ आएपछि नेपाली सेनाको भैरबप्रसाद गणको सुरक्षा गुल्म तुलापुरबाट सह सेनानी राधेश्याम विष्टको कमाण्डमा खटेको सेनाको टोलीले सो शव व्यवस्थापन गरेको थियो । पीसीआर रिपोर्ट नआउदासम्म उनको शव झुन्डिए कै अवस्थामा रहेको थियो ।

अछाम घर भएका ४३ वर्षीय पुरुष भारतबाट कैलाली हुदै बर्दिया आएका थिए । स्थानीयबासीका अनुसार अछाम जाने अवस्था नभएपछि उनी सामान्य नाता पर्ने बर्दियाको ठाकुरबाबा नगरपालिकाको सैनवारमा पुगेका उनलाई ठाकुरबाबा नगरपालिकाकाले क्वारेन्टिनमा लगेर राखेको थियो । क्वारेन्टाइनमा नै उनले झुण्डिएर आत्महत्या गरेका थिए ।

नेपाली सेनाको टोलीले उनको शवलाई अन्तिम सलामी दिदै सम्मानका साथ शव व्यवस्थापन गरेको थियो । कोबिड–१९ को संक्रमणको कारण मृत्यु भएकाहरुको शव नेपाली सेनाले सम्मानका साथ व्यवस्थापन गर्दै आएको छ ।

प्रकाशित मिति : २०७७ साउन १३ गते मंगलबार
ताजा समाचार