२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

विषालु च्याउ खाँदा १४ बिरामी



सदरलाइनडटकम,
दाङ : दाङमा विषालु च्याउ खाँदा १४ जना बिरामी परेका छन् । प्रदेश नं. ५ प्रहरी कार्यालय दाङका प्रहरी बरिष्ठ उपरीक्षक राजकुमार वैदवारका अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ रानीजरुवा निवासी ३५ बर्षीय विमला विक, उनकी ११ बर्षीया छोरी र १० बर्षीय छोरा, सल्यान छत्रेश्वरी गाउँपालिका वडा नं. ३ निवासी १७ बर्षीया वालिका विरामी परेका हुन् ।
यस्तै तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ निवासी ३६ बर्षीय टेकबहादुर पुन, सोही ठाउँका ३३ बर्षीय कमला पुन, उनका १९ बर्षीय छोरा टोपेन्द्र पुन, तुलसीपुर ५ निवासी चिनबहादुर रानाको ९ बर्षीया छोरी, उनका ५ बर्षीय छोरा, सोही ठाउँका ओसो घर्ती मगरको १८ बर्षीय छोरी निर्मला घर्ती, सोही ठाउँका २४ बर्षीय खिमा पुन, सोही ठाउँका १५ बर्षीया बालिका, ३५ बर्षीया बालिका विपना घर्ती, सोही ठाउँका कमान सिंह पुनको १० बर्षीया छोरी विरामी परेका छन् ।
जंगलबाट ल्याएको च्याउ विहीबार राति ८ बजे खाँदा विरामी परेका उनीहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपरमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०७७ असार १२ गते शुक्रबार
ताजा समाचार