२०८३ कात्तिक ८ , शनिबार
Sadarline
२०८३ कात्तिक ८ , शनिबार

फूलका विरुवा नचोर्न नेपालगञ्जका मेयर राणाको आग्रह



सदरलाइनडटकम,
नेपालगञ्ज, : नेपालगञ्ज उपमहानगरका मेयर डा. धवल शम्शेर राणाले नेपालगञ्जमा सौन्दर्यकरण र हरियालीका लागि फोरलेन सडकको बीचभागमा लगाइएका फुलका विरुवा नचोनै आग्रह गरेका छन् ।

नगरको सौन्दर्यताको लागि लगाइएको पूmलको विरुवा चोरी हुनथालेपछि उनले सो आग्रह गरेका हुन । फुलको संरक्षणका लागि लगाइएका ट्रि–गार्ड समेत ठाउँठाउँबाट चोरी भएको नगर प्रमुख डा. धवलशम्शेर राणाले जानकारी दिए ।

बिहिवार राती नगरको विपीचोक क्षेत्रबाट दुईवटा फुलका विरुवा चोरी भएका छन् । यसअघि पनि फुलका विरुवा र ट्रिगार्ड चोरी भएको उपमहानगरपालिकाले जनाएको छ ।

‘नगरको सौन्दर्यकरणका लागि लगाइएका फुल तथा ट्रिगार्ड चोरी गर्ने र जथाभावी फुलहरु टिप्नेको पहिचान गरि कारवाहीका लागि नगर प्रहरी र अन्य सुरक्षा निकायमार्फत निगरानी बढाइएको छ’– नगर प्रमुख डा. राणाले भने–‘नगरको सौन्दर्यकरण सम्पूर्ण नगरबासीको पनि चाहना हो ।’

नगर प्रमुख राणाले सडकको बीचभागमा रोपिएका फुल तथा ट्रिगार्ड चोरी गर्ने र बिक्रि वितरण गर्ने तथा फुलहरु जथाभावी टिप्नेहरुको बारेमा कुनैपनि सूचना भएमा उप–महानगरपालिका तथा सुरक्षा निकायमा खबर गरि सहयोग गर्न अनुरोध गरे ।

नेपालगञ्ज उपमहानगरपालिकाले नगरलाई सौन्दर्यकरणका लागि प्राथमिकतामा राखेको भन्दै नगर प्रमुख राणाले आमनगरबासीबाट साथ र सहयोगको अपेक्षा गरिएको बताए । उपमहानगरपालिकाले नगरको सौन्दर्यकरणका लागि नगरभित्र रोपिएका फुल तथा विरुवाको संरक्षणका लागि आम नगरबासीमा अपिल गर्नुभएको छ ।

प्रकाशित मिति : २०७७ असार ५ गते शुक्रबार
ताजा समाचार