भेरीको सेवा सुबिधा विस्तारमा अस्पताल विकास समिति

११ असार २०७७, बिहीबार १९:४५
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : भेरी अस्पताल विकास समिति नेपालगञ्जले अस्पतालको सेवा सुविधालाई थप प्रभावकारी बनाउने भएको छ ।

अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले पश्चिम नेपालको पुरानो अस्पतालको समग्र विकास गरी सेवाको दायरा बढाईने बताए ।

उनले तत्काल विकास समितिले अस्पतालको सेवाप्रवाह क्षमता बढाउनका निमित्त आवश्यक पूर्वाधार तथा उपकरणको स्तरोन्नती गरिने बताए ।

उनले अस्पतालको फोहरको व्यवस्थापनको लागि पहल गरिने र अस्पतालबाट उत्पन्न भएका फोहरको सेक्रिकेसन र अटो क्ल्याप गरि ब्यबस्थापन सुरू भैसकेको बताए ।


समितिका अध्यक्ष धितालले अस्पतालमा हाल मृगौला रोगीको उपचारको लागि संचालन भएका डाईलोसिस मेसिन २ वटाबाट बृद्धि गरि तत्काल ४ वटा मेसिन संचालनमा ल्याईने तयारी गरिएको बताए । उनले यसको लागि एक महिना भित्रै थप २ डाईलोसिस मेसिन आईपुग्ने बताए ।

उनले अस्पतालमा आउने सेवाग्राहीको सावारी साधन पार्किङ्ग गर्दा साउन १ गतेदेखि कुनै पनि सवारी साधनको पार्किङ शुल्क नलाग्ने बताए । यसैगरी अस्पतालको मुर्दाघरमा ५ वटा शब राख्न सक्ने फ्रिज संञ्चालनमा ल्याईएको छ । सो फ्रिज बर्षौदेखि बिग्रेको अवस्थामा रहेको थियो ।

उनले अस्पतालको शैचालयको अवस्था पनि सुधार गर्नको लागि प्रयास भईरहेको बताए । केही समयलगत्तै नयाँ भवनमा सर्ने भएको कारण पुरानो संरचनाका शैचालयको सामान्य मर्मत सुधार र सफाई गरी सञ्चालनमा ल्याईएको बताए ।

यस्तै अस्पताल परिसर अगाडिको भागमा सौन्दर्यकरण तत्काल सुरू गरी साउन १ गतेदेखि लागू हुने गरि अस्पताल परिसर भित्र पान, गुटका, सुर्ति, चोरोट, बिडि पुर्ण रूपमा प्रतिबन्ध लगाईने र अस्पताल क्षेत्रमा देखिएका सबै खाले बिकृतिको अन्त्य गर्ने दावि गरे ।

Next Post

खसीको मासु ८ सय प्रतिकिलो र कुखुराको ३५० प्रतिकिलो भन्दा बढीमा बिक्रिगर्न नपाईने

११ असार २०७७, बिहीबार १९:४५
सदरलाइनडटकम, नेपालगञ्ज : लकडाउको बाहानामा बाँकेमा मासु जन्य पदार्थमा चरम मूल्य बृद्धि गरेको जनगुनासो आएपछि जिल्ला प्रशासन कार्यलय बाँकेको पहलमा मासुको मुल्य कायम गरिएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गको उपस्थितिमा मासु व्यावसायी तथा उपभोक्ता मञ्च लगायतका प्रतिनिधिहरु सहितको बैठकले अर्को निर्णय नहुँदासम्म खसिको मासु प्रति किलो ८ […]