सदरलाइनडटकम,
नेपालगञ्ज : बर्दिया र रुकुमका थप ७ जनामा कोरोना संक्रमण देखिएको छ । नेपालगञ्जस्थिते भेरी अस्पतालको प्रयोगशालामा बिहीवार गरिएको परीक्षणमा बर्दियाका ६ र रुकुमका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
बर्दियाका नयाँ संक्रमितहरुमा २५ वर्षीय एक महिलासहित ३, २०, २८ र ३० वर्षीय ४ पुरुष र एउटा उमेर नखुलेको पुरुष रहेका छन् । त्यसैगरी रुकुमका १७ वर्षीय पुरुषमा समेत कोरोना संक्रमण पुष्टि भएको भेरी अस्पतालल जनाएको छ ।


