२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

लकडाउनमा अनाबश्यक हिड्नेलाई कडाई गर्दै बाँके प्रशासन



सदरलाइनडटकम,
नेपालगञ्ज : विश्वव्यापीरुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) महामारीलाई नियन्त्रण गर्न आव्हान गरिएको लकडाउनलाई बेवास्ता गर्नेहरुमाथि बाँके प्रशासनले कडाई गर्न शुरु गरेको छ ।

बाँकेमा अत्यावश्यक सामान किन्ने बहानामा अनावश्यक बाहिर निस्केर आफु र अरुलाई समेत संक्रमणको जोखिममा पार्ने खतरा बढेको कारण लकडाउनलाई कडाई पार्ने निर्णय कार्यान्वयन गराउन चोकचोकमा सुरक्षा जाँच सुरु गरिएको हो ।

‘अनावश्यक घुम्ने र बिना पासको सवारी साधन चलाउने माथि बाँके प्रशासनले कडाई गर्न शुरु गरेको छ’–बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले भने–‘ बाँके प्रशासनले संक्रमणबाट जोगाउनलाई लकडाउनलाई कडा पारेको हो ।’

यसअघि बाँकेमा कोरानाका विरामी बढ्दै गएपछि लकडाउनको पालना गराउन बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ आफै फिल्डमा खटेका थिए । अनावश्यक घर बाहिर निस्कनेहरुलाई सचेत गराउँदै अब उपरान्त लकडाउनका बेला बिना काम सडकमा निस्किनेमाथि कारबाही गरिने जनाएको छ ।

लकडाउन प्रभावकारीरुपमा कार्यान्वयन नहुँदा बाँकेमा कोरोना संक्रमित बढ्दै गएको चौतर्फी गुनासो आउन थालेपछि प्रशासनले अत्यावश्यक बाहेक अनावश्यक हिड्नेलाई कडाई गर्न थालेको हो ।

प्रकाशित मिति : २०७७ जेठ २० गते मंगलबार
ताजा समाचार