२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

नरैनापुरबारे मुख्यमन्त्री र समाजिक बिकास मन्त्रीलाई ध्यानाकर्षण



सदरलाइनडटकम,
नेपालगञ्ज  : कोबिड–१९ नोबल कोरोना भाइरसको तीब्र संक्रमणको मारमा परेको बाँकेको नरैनापुरका बारेमा विषेश ध्यान दिन पाँच नंंम्बर प्रदेशका मुख्यमन्त्री तथा सामाजिक विकास मन्त्रीको ध्यानाकर्षण गराईएको छ ।

बाँके निर्बाचन क्षेत्र नंं १(क)का प्रदेश सासद कृष्णा केसी नमुनाले ५ न प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र सामाजिक बिकास मन्त्री सुदर्शन बराललाई नरैनापुरको अवस्थाको बारेमा १२ बुंदे ध्यानाकर्षण पत्र बुझाएकी छन ।

सो ध्यानाकर्षण पत्रमा प्रदेश न ५ मा कोबिड–१९ को संक्रमण तीब्र रुपमा देखिएको बिशेष गरि बाँके जिल्ला र आफ्नो निर्वाचन क्षेत्र नरैनापुर गाउँपालिका वडा नं.५ का २५ वर्षिय युवकको ४ गते संक्रमणबाट मृत्यु भएको उल्लेख गर्दै नरैनापुरलाई विषेश प्याकेज बनाउन आग्रह गरिएको छ ।

सो पत्रमा नरैनापुरमा संक्रमित संख्या बढेको, मापदण्ड अनुसारको ब्यवस्थित क्वारेन्टाइन बनाउनु पर्ने, सिमानाबाट बैध र अबैध रुपमा मानिसहरुको आवतजावत बन्द गर्नुपर्ने, सामुदायिक आईसोलेशन बनाउनु पर्ने, भेरी अस्पतालमा आरटी पिसिआर थप गर्नुपर्ने, नेपालगञ्ज शिक्षण अस्पताल लगायतका निजि अस्पतालका चिकित्सक तथा स्वास्थकर्मीलाई समेत कोबिड–१९ विरुद्ध परिचालन गर्नुपर्ने विषयमा सो १२ बुंदे ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २०७७ जेठ ६ गते मंगलबार
ताजा समाचार