२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

क्वारेन्टाइनबाट बिदाई गरेका मध्येबाट पाँचनामा कोरोना पुष्टि भएपछि…



सदरलाइनडटकम,
राप्तीसोनारी (बाँके) : बाँकेको राप्तीसोनारी गाउपालिकाको वडानं ८ को क्वारेन्टाईनमा बसेकाहरुको कोरोना परीक्षणको नतिजा नआउदै उनीहरुलाई भब्य कार्यक्रमको आयोजना गरी घर पठाईएको पाईएको छ ।

सो वडाका जनप्रतिनिधि र स्वास्थ्यकर्मिको चरम लापरवाहीका कारण कोरोना परिक्षणको रिर्पोट नआउँदै उनीहरुलाई बिदाई गरिएको थियो । जब रिर्पोट आयो अनि भयो खोजाखेज ।

राप्ती सोनारी–८ शिवशक्ति माविको क्वारेन्टाइनमा राखिएको २८ जनाको स्वाब संकलन गरिए पनि नतिजा बाहिर नआउदै फुलमाला लगाएर बिदाई गरिएको थियो ।

बाजागाजासहित घर पठाइएको केही समयपछि नतिजा आउदा उनीहरु मध्ये ५ जनामा कोरोना पुष्टि भएपछि घर घरबाट खोजेर आईसोलेशनमा ल्याउनु परेको स्थानीय प्रहरीले जनाएको छ ।

सो वडाका एक जनप्रतिनिधि सहित ५ जनामा कोरोना पुष्टि भए पछि उनीहरु नतिजा नआउदै घर गएका थिए । उनीहरु घर जाँदा को–कोसंग सम्पर्कमा आए, केके गरे सबैबारेमा सोधखोज सुरु भएको छ ।

सो गाउपालिकाको स्वास्थ्य शाखाले पनि उनीहरुलाई नतिजा अउन अघि नै क्वारेन्टाइनबाट घरपठाइएको र नतिजा पोजेटिभ आएपछि पुन सोही क्वारेन्टाईनमा निर्माण गरिएको आईशोलेशनमा ल्याईएको जनाएको छ ।

स्थानीय प्रहरी चौकीका ईन्चार्ज तथा प्रहरी सहायक निरिक्षक कुमार केसीले नतिजा आएपछि सबैलाई पुनः घरघरबाट खोजेर क्वारेन्टाईनमा राखिएको जानकारी दिए । अहिले सो क्षेत्रमा त्रास फैलिएको छ । उनीहरु सबै भारतबाट आएका हुन । फाइल फोटो 

प्रकाशित मिति : २०७७ जेठ १६ गते शुक्रबार
ताजा समाचार