२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

नेपालगञ्ज आईपुग्यो दुईहजार पिसिआर किट



सदरलाइनडटकम,
नेपालगञ्ज :  कोबिड–१९ नोबल कोरानाको संक्रमण देखिएको नेपालगञ्जमा शुक्रबार कोरोनाको पिसिआर माध्यामबाट जाँच गर्नको लागि आवश्यक दुई हजार किट आईपुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भेरी अस्पताल नेपालगञ्जमा रहेको प्रयोगशालामा पिसिआर माधयामबाट कोरोना जाँचका लागि पठाएको दुई हजार किट शुक्रबार साँझ प्राप्त भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले जानकारी दिए ।

नेपालगञ्जमा हालसम्म २४ जनामा कोरोनाको सङ्क्रमण देखिएको छ । उनीहरु सबैको कोरोना विषेश आईसोलेशन अस्पताल खजुरामा चिकित्सकको निगरानीमा छन् ।

शुक्रबार मात्रै एकजनामा कोरोना सङ्क्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । यी किट संक्रमित व्यक्तिसंग सम्पर्कमा रहेकाहरुमा संक्रमण भए नभएको जाँच गर्न प्रयोगमा ल्याईने छ ।

प्रकाशित मिति : २०७७ वैशाख २६ गते शुक्रबार
ताजा समाचार