२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

अनेरास्ववियू नेताद्वारा होस्टलमा बसेका विद्यार्थीलाई राहत



सदरलाइनडटकम,
नेपालगञ्ज  : अनेरास्ववियू महेन्द्र बहुमुखी क्याम्पसका नेता प्रकाश बिक र ध्रुब जोशीको पहलमा महेन्द्र बहुमुखी क्याम्पसको होस्टेलमा करिब १५ जनालाई पुग्ने गरि राहत बितरण गरिएको छ ।

कोबिड–१९ नोबल कोरोना भाईरसको संक्रमणबाट जोगिन आव्हान गरिएको लकडाउनबाट प्रभावितलाई स्थानीय तहबाट राहत उपलब्ध गराउने भए पनि विद्यार्थी र भाडामा बस्नेलाई समस्या भएको छ ।

आफ्ना घरबाट टाढा अध्यन गर्न आएका विद्यार्थीहरुलाई निकै समस्या परेपछी विद्यार्थी नेताहरु बिक र जोशीले राहतको पहल गरि ८ बोरा चामल, ३० किलो दाल, ५० किलो आलु, ३० किलो प्याज, १५ लिटर तेल र १५ प्यकेट मसला बितरण गरेका हुन ।

प्रकाशित मिति : २०७७ वैशाख ३१ गते बुधबार
ताजा समाचार