२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

बाँकेका २५ क्वारेन्टाईनमा ७ सय ४८ जना बस्दै



सदरलाइनडटकम,
नेपालगञ्ज  : बाँकेका विभिन्न पालिकामा निर्माण गरिएको क्वारेन्टाईनको संख्या २५ पुगेको छ ।

बुधबार मात्र नरैनापुर, राप्तीसोनारी, डुडुवामा निर्माण गरीएको क्वारेन्टाइन मा ३७३ जना थपिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

स्वास्थ्य कार्यालय बाँकेका फोकलपर्शन नरेश श्रेष्ठले दिएको जानकारी अनुसार बाँकेका विभिन्न क्वारेन्टाइनमा बस्नेको संख्या ७ सय ४८ पुगेको छ ।

बाँकेमा बुधबार १ जना पोजेटिभ थपिएको छ । यो संगै बाँकेमा कोबिड–१९ बाट संक्रमित हुनेको संख्या २५ पुगेको छ ।

फोकलपर्शन श्रेष्ठले बुधबार मात्र स्याम्पल कलेक्सन नरैनापुर ४५, भेरी ३४, मेडिकल कलेज १ गरि ८० जनाको गरिएको छ ।

हालसम्म स्याम्पल कलेक्सन बाँकेमा पिसिआरबाट १ हजार ८४ जनाको सेम्पल लिएकोमा ती मध्ये ९७६ को नतिजा नेगेटिभ आएको छ । यसमा कोरोना पोजिटिभ २५जना रहेको र जाँच प्रक्रियामा ८३ जना रहेको जानकारी दिए ।

प्रकाशित मिति : २०७७ वैशाख ३१ गते बुधबार
ताजा समाचार