२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

कोहलपुरमा कोरना परीक्षणको लागि ३० जनाको स्वाब संकलन



सदरलाइनडटकम,
कोहलपुर (बाँके) : कोबिड–१९ नोबल कोरोनाको संक्रमण परीक्षणको लागि बाँकेको कोहलपुरमा पहिलो पटक ३० जनाको स्वाब संकलन गरिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय बाँके र नगर स्वास्थ्य शाखा कोहलपुरको टिमले कोहलपुर नगरपालिका–४ बेलनपुरमा आईतबार क्याम्प संचालन गरेर स्वाब संकलन गरेको हो । कोहलपुर नगरपालिका वडा नं. ४, ८ र ९ का धर्मगुरु, विदेशबाट आएका नागरिकको स्वाब संकलन गरिएको थियो ।

कोहलपुर–४ मा रहेको मदरसा हिमालय गरिव नवाज प्राविमा क्याम्प संचालन गरी स्वाब संकलन गरिएको कोहलपुरमा नगर स्वास्थ्य शाखाका प्रमुख डिल्लीराज पोखरेलले जानकारी दिए ।

संकलन गरिएका स्वाब नेपालगञ्ज स्थित भेरी अस्पताल मै चेकजाँच गरिने भएको छ । कोरोना भाईरसको उच्च जोखिममा कोहलपुुर नगरपालिका रहेकाले स्वाब संकलन गरिएको कोहलपुर नगरपालिकाकी उपप्रमुख सञ्जु कुमारी चौधरीले जानकारी दिईन् ।

बाँकेको नेपालञ्जमा कोरोना भाईरसका २४ जना संक्रमित पुष्टि भएसँगै कोहलपुरमा पहिलोपटक ३० जनाको स्वाब संकलन गरिएको हो ।

प्रकाशित मिति : २०७७ वैशाख २८ गते आइतबार
ताजा समाचार