२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

कोबिड–१९ रिलिफ फण्ड बाँकेमा सहयोगी मन जोडिने क्रम जारी



सदरलाइनडटकम,
नेपालगञ्ज  :  कोबिड–१९ रिलिफ फण्ड बाँकेसंग जोडिने सहयोगी मनहरु थपिने क्रम जारी छ । पछिल्लो समय नेपालगञ्जका युवा व्यावसायी नबिन खड्का सो रिलिफ फण्डमा जोडिन पुगेका हुन ।

नेपालगञ्जमा योगेश मेसिनरीका नामले आफ्नो व्यावसाय सञ्चालन गर्दै आएका खड्काले सो रिलिफ फण्डका संयोजक तथा प्रदेश नं. ५ का माननिय साँसद कृष्णा केसी नमुनालाई ५१ हजारको चेक हस्तान्त्रण गरेका छन् ।

उनले फण्डले पहिलो चरणमा स्वस्फूर्त रुपमा गरेको कार्यबाट प्रभावित भई कोबिड–१९ कोरोना भाईरसको संक्रमणबाट जोगिन आव्हान गरिएको लकडाउन प्रभावितलाई सहयोग पुगोस भनेर फण्डसंग आफु जोडिएको बताए ।

यसैगरी सो फण्डमा नेपालगञ्ज मेडिकल कलेजमा रेडियोलोजि विभागका डा. प्रसन्नराज घिमिरे र ल्याबोटरी बिभागका डा. प्रज्ञा गौतम घिमिरेले २० हजार सहयोग गर्दै फण्डमा जोडिएका हुन ।

बिश्वमा महामारीको रुप लिएको कोबिड–१९ नोबल कोरोना भाईरसको संक्रमणबाट जोगिन आव्हान गरिएको लकडाउनबाट प्रभावितलाई सहयोग पुराउने उद्देश्यले माननिय नमुनाको संयोजकत्वमा स्वस्फूर्त स्थापना गरिएको सो फण्डले यस्ता वर्गलाई उपलब्ध गराउने उदेश्यले पहिलो चरणमा बाँकेका सबै पालिकामा ८६ हजार ५ सय ३० बराबरको चामल, दाल, तेल, नुन र हात धुने साबुन हस्तान्त्रण गरि दोस्रो चरणको योजनामा रहेको छ ।

प्रकाशित मिति : २०७७ वैशाख ११ गते बिहीबार
ताजा समाचार